काठमाडौं । आफूलाई जेनजी अभियन्ता बनाउने डा निकोलश भुसालले माइतिघरमा आन्दोलन गर्न जाँदा गाँजा सेवन गरेको पाइएको छ । आज स्वास्थ्य जाँच गर्दा उनले लागू औषध गाँजा सेवन गरेको पुष्टि भएको हो ।
उनी आज माइतीघरमा आन्दोलन गर्न गएका थिए । आन्दोलनका क्रममा पक्राउ परेका उनको स्वास्थ्य जाँच गर्दा लागु औषध गाँजा सेवन गरेको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले बताए ।
लागू औषध सेवन गरेको पुष्टि भएसँगै सुधार गृहमा राख्ने सर्तमा परिवारको जिम्मा लगाएर रिहा गरिएको छ ।
माइतीघरबाट पक्राउ परेका उनीसहित ४४ जना नौ रिहा भएका छन् ।
FACEBOOK COMMENTS