कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको जावलाखेलस्थित घरमा प्रहरीले छापा मारेको छ। सीआईबी र स्थानीय प्रहरीको टोलीले घर घेराबन्दी गरेर सामान खोतलिरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ। भूषण राणा देउवाका साला हुन् भने निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ हुन्। आरजु राणासँग सम्बन्धित कतिपय डिलमा उनी प्रतिनिधिको रूपमा संलग्न भएको आशंकामा प्रहरीले गोप्य सूचना पाएपछि यो छापा मारिएको बताइएको छ।
FACEBOOK COMMENTS