काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गत जेठ १५ गते सार्वजनिक भएको विनियोजन विधेयक २०८० मत विभाजनमार्फत पारित भएको छ ।
बजेटमा समावेश ४ विधेयकमध्ये विनियोजन विधेयक प्रतिनिधिसभाको बुधबारको बैठकमा मतविभाजनबाट पारित भएको हो । मत विभाजन हुँदा पक्षमा १४७ र विपक्षमा १०८ मत परेको हो ।
नेकपा एमालेसहितका विपक्षी दलका सांसदहरुले गरेको संशोधन प्रस्ताव अस्वीकृत गर्दै विनियोजन विधेयक मत विभाजन हुँदा बहुमतले पारित भएको हो ।
बजेटमा ४ वर्ष विधेयक हुन्छन् । जसमा विनियोजन विधयेक, आर्थिक विधयेक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक हुन्छन् ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ध्वनि मतबाट पास गर्न निर्णायर्थ पेश गरेको विनियोजन विधेयकलाई एमालेले मतविभाजनमा लैजान माग गरेको थियो ।
FACEBOOK COMMENTS