काठमाडौं । महाशिवरात्रिको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेकी छिन् । पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टबाट राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेका छन् ।
महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ । पशुपतिनाथ मन्दिरमा अहिले पनि दर्शनका लािग लाखौँको सङ्ख्यामा भक्तजन लामबद्ध छन् ।
महाशिवरात्रिको अवसरमा आइतबार बिहान ७ बजेसम्म पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला रहने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनका अनुसार आज बिहान ३ बजेदेखि चारवटै ढोका खुला गरिएको थियो ।
महाशिवरात्रिको अवसरमा गोबद्र्धन मठका शङ्कर आचार्य निश्चलानन्द सरस्वतीसहित पाँच हजार साधुसन्त पशुपति क्षेत्रमा आएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा महाशिवरात्रिको अवसरमा पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटाइएको छ ।
FACEBOOK COMMENTS