बुटवल । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन नहुने बताएका छन् ।
बुधबार पुष्पलाल स्मृति दिवसको अवसरमा रूपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष समेत रहेका पौडेलले अब भण्डारीको सदस्यता पनि नवीकरण नहुने र सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका हुन् ।
उनले भने, ‘पूर्वराष्ट्रपति राजनीतिमा आउनु हुन्छ कि हुँदैन भन्ने विषयमा पार्टीभित्र र बाहिरसमेत व्यापक चर्चा भयो, पार्टीभित्र पनि यसबारेमा व्यापक छलफल गरी उहाँ पूर्वराष्ट्रपतिकै हैसियतमा रहनुपर्छ भन्ने एमालेले निष्कर्ष निकालेको हो ।’
उपप्रधान तथा अर्थमन्त्री पौडेलले विद्यादेवी भण्डारीले एमाले पार्टीका लागि विगतमा गरेको योगदानको कदर स्वरूप दुई–दुई कार्यकाल राष्ट्रपति बनाएको स्मरण गर्दै अब पनि पूर्वराष्ट्रपतिकै हैसियतमा मुलुकको अभिभावक बनेर संविधानको संरक्षक भएर बस्नुपर्ने बताए ।
उनले राष्ट्रपति बनेपछि भण्डारी आफैले पार्टी सदस्यता त्याग गरेकोले पार्टीको विधानले समेत उनको सदस्यता नवीकरण गर्न नमिल्ने तर्क गरे । उनले संविधानको रक्षा र संरक्षणको अभिभारा लिइसकेको व्यक्ति फेरि एउटा पार्टीको सदस्य बनेर राजनीतिमा फर्किनुहुँदैन भनेर नै पार्टीले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको बताए ।
एमालेमा विद्यालाई ‘इन्ट्री’ नदिइएपछि ‘नोट अफ डिसेन्ट’ कर्ण थापाले के भने ?
केपी ओलीले उपत्यका छोडेपछि मात्रै बैठक बस्ने बिगत पनि भोगेकै हौँ : अध्यक्ष निरौला
FACEBOOK COMMENTS