काठमाडौं । पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेले आफ्नो पार्टी सदस्यता खारेज गरेकोप्रति आक्रोश व्यक्त गरेकी छिन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै भण्डारीले आफ्नो सदस्यता कसैले खान नसक्ने नसक्नेसमेत बताएकी छिन् । आफू एमालेको परिवारमा आवद्ध भइसकेको बताउँदै केही मुठ्ठीभर व्यक्तिले हुलहुज्जत गरेरको भरमा निर्णय गर्न नहुने धारणा व्यक्त गरिन् ।
उनले भनिन्, ‘मैले पार्टी सदस्यता नवीकरण विधिपूर्वक गरेको छु, केहि मुठ्ठीभर व्यक्तिले हुलहुज्जत गरेरको भरमा, आफ्नो उत्तेजनामा आएर गर्न मिल्दैन, पार्टी प्रणालीमा चल्छ, कसलाई के गर्न मन लग्यो, त्यो हुँदैन ।’
आफूले पार्टी सदस्यता लिएको ४५ वर्ष भएको बताउँदै उनले मदन भण्डारीले आफूलाई पार्टी सदस्यताको शपथ खुवाएको स्मरण गरिन् । ‘म एमालेको पार्टी जीवनमा आवद्ध भएँ, म अहिले पनि एमालेको परिवारमा आवद्ध छु भनेर स्पष्ट गर्न आज आएको हो । मदन भण्डारीको बहुदलीय जनवादको भावना अनुसार निर्णय गर्नुपर्छ ।’
साथै उनले पार्टीको विचार र सिद्धान्तप्रति प्रतिबद्ध हुँदाहुदै आफूलाई पार्टीको सदस्यता हुनबाट बन्चित गराउन कदापि नमिल्ने जिकिर पनि गरेकी छिन् ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS