काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन ) अध्यादेश जारी गरेकी हुन् ।
बलात्कारीलाई सजाय बढाउन, तेजाब आक्रमण गर्नेलाई सजाय बढाउन, तेजाब आक्रमणबाट पीडितको सहज उपचारका लागि, रेल सञ्चालन आदि कामका लागि यी अध्यादेश ल्याउनुपरेको सरकारको भनाइ छ ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको यी अध्यादेश संसदले अनुमोदन नगर्दा निष्क्रिय भएका थिए । अहिले फेरि संसद सञ्चालनमा नभएको बेलामा अध्यादेश ल्याइएको हो ।
बलात्कारीलाई सजाय बढाउन, तेजाब आक्रमण गर्नेलाई सजाय बढाउन, तेजाब आक्रमणबाट पीडितको सहज उपचारका लागि, रेल सञ्चालन आदि कामका लागि यी अध्यादेश ल्याउनुपरेको सरकारको भनाइ छ ।
FACEBOOK COMMENTS