काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज (बिहीबार) बस्दै छ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।
जुन बैठकमा ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुँदै छिन्।
यही असोज ५ देखि ८ सम्म बसेको एमाले केन्द्रीय कमिटीको बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटी सदस्यमा मनोनयन गरेको थियो।
त्यसपछि आज एमाले स्थायी कमिटीको पहिलो बैठक बस्न लागेको हो।
