काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल पुगेकी छन् ।
भण्डारीको राजनीतिमा पुनरागमन बारे पार्टीमा विवाद भएपछि सो विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न उनी पार्टी कार्यालय च्यासलमा पुगेकी हुन् ।
एमालेको हालै बसेको सचिवालय र शनिबार सम्पन्न पोलिटब्युरो बैठक विवाद मिलाउन अध्यक्ष समेत रहेका ओलीलाई जिम्मा दिएको थियो । सोहि अनुसार आज छलफल गर्न ओलीले भण्डारीलाई बोलाएको बताइएको छ ।
भण्डारीले यस अघि नै आफ्नो एमालेको सदस्यता नवीकरण गरिसको दाबी गरेकी छन् भने एमालेले भण्डारीको सदस्यता नवीकरण होल्डमा रहेको र पार्टीको उच्च तहले निर्णय गर्नुपर्ने बताएको छ ।
FACEBOOK COMMENTS