काठमाडौं । साहित्यकार तथा पूर्व पत्रकार विजय चालिसेको निधन भएको छ ।
७४ वर्षीय चालिसेको शुक्रबार बिहान साढे ९ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गोकर्णेश्वर नगरपालिका–९ निवासी चालिसेको आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा अन्त्येष्टी गरिँदैछ ।
२००८ साल असार २२ गने जोरपाटीको आरुबारीमा जन्मिएका चालिसे गोरखापत्र संस्थानमा आवद्ध भइ सम्पादन विभागका साथै व्यवस्थापन विभागको समेत जिम्मेवारीमा रहेर काम गरेका थिए ।
आख्यानकार रमेश विकलका पुत्र चालिसेले पत्रकारिता, प्रौढ आख्यान, विज्ञान आख्यान एवं बालसाहित्य समेत दर्जनौं किताब लेखेका छन् ।
FACEBOOK COMMENTS