काठमाडौँ । नेपाली कांग्रेसले नेता विजय गच्छादारलाई सुनसरी-३ बाट टिकट दिएको छ ।
२०४८ सालदेखि निरन्तर सोही क्षेत्रबाट निर्वाचन लड्दै आएका गच्छेदार आठौँ पटक चुनाव लड्दैछन् । गत निर्वाचनमा उनी एमालेकी भगवती चौधरीसँग पराजित भएका थिए । यस पटक पनि उनको चौधरीसँगै प्रतिष्पर्धा हुने भएको छ ।
विशेष महाधिवेशनको विपक्षमा उभिए पनि उनलाई गगन थापा नेतृत्वको काँग्रेस संसदीय बोर्डले टिकट दिएको हो ।
FACEBOOK COMMENTS