नेपालमा पहिलो पटक म्युचल फण्ड भित्र्याएर आफ्नो परिचय बनाउन सफल सनराईज क्यापिटलले यसपटक पनि सनराइज फोकस्ट इक्वुटि फण्ड ल्याएको छ । एनआइडीसी क्यापिटल मार्केट सनराइज बैंकसँग मर्ज भइसकेपछि यसले सनराइज क्यापिटलका रुपमा कारोबार सुरु गरेको हो । एनआइडीसी हुँदा नै यसले ओपन इन्डेड र क्लोज इन्डेडमा म्युचल इन्डेड निकालेको थियो । क्यापिटलले गत महिनाबाट मात्र तीस वर्षको अवधि पुरा गरिसकेको छ । बैंकिङ क्षेत्रमा लामो समय अनुभव हासिल गरेका सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विजयलाल श्रेष्ठसँग ‘सनराइज फोकस्ट इक्वुटि फण्ड’सँग सम्बन्धित रहेर कर्पोरेट खबरका लागि मीना घोरसाइनेले गरेको कुराकानी :
म्युचल फण्ड भनेको के हो ?
सानो–सानो लगानीकर्ता र ठूला लगानीकर्तालाई उचित प्रतिफल दिनु म्युचल फण्डको काम र कर्तव्य हो । कार्यव्यस्तताका कारण शेयरमा लगानी गर्न नजान्नेले यसमा लगानी गर्न सक्छन् । यसमा फण्ड म्यानेजरबाट उचित व्यवस्थापन गरेर राम्रो प्रतिफल दिने काम हुन्छ ।
सनराइज क्यापिटलले ल्याएको सनराइज फोकस्ट इक्वुटि फण्ड के हो ?
यो क्लोजेनेनेट म्युचल फण्ड हो । यो फण्ड १० वर्षका लागि हुन्छ । यसमा एक अर्ब २० करोड कित्ता निष्काशन भइरहेको छ । गएको माग १० गतेदेखि आउने मागको २४ गतेसम्म यसको निष्काशन खुला छ । यो इक्वुटि ओरियन्टेड म्युचल फण्ड हो । यसअन्तर्गत स्टकमा हामीले ८५ प्रतिशतदेखि एक सय प्रतिशतसम्म लगानी गर्न सकिन्छ । बाँकी १५ प्रतिशतमा फिक्स डिपोजिटमा लगाउँछौँ भने पाँच प्रतिशत करप डिपोजिटमा लगाउन सक्छौँ ।
यो फण्डको प्रमुख उद्देश्य के हो ?
यसको प्रमुख उद्देश्य भनेकै तीस वटा राम्रा कम्पनीमा लगानी गरेर बढीभन्दा बढी प्रतिफल आर्जन गरी निरन्तर १० वर्षमा यसका शेयरधनीलाई २९।६६ प्रतिशत वार्षिक प्रतिफल दिनु हो ।
म्युचल फण्डबाट फाइदा हुँदैन भन्ने कथन बजारमा व्याप्त छ । यसलाई कसरी खण्डन गर्नुहुन्छ ?
शेयरमा लगानी गर्नु जोखिमपूर्ण नै हुन्छ । तर म्युचल फण्डमा पनि जोखिम भने नभएको होइन् । तुलनात्मक रुपमा शेयरमा भन्दा म्युचल फण्डमा लगानी गर्नु कम जोखिमपूर्ण हुन्छ । किनभने म्युचल फण्ड व्यवस्थापकले धेरैवटा कम्पनीमा लगानी गर्छन् । यसमा रिसोर्स डिपार्टमेन्टले अध्ययन गरेर राम्रो प्रतिफल दिने, भविष्यमा माथि उकास्ने, बजारको ट्रेण्डअनुसार खरिद गर्नुपर्ने काम गर्ने हुँदा आफैंले शेयरमा लगानी गर्नुभन्दा म्युचल फण्डमा लगानी गर्नु धेरै राम्रो हो । पछिल्लो समय शेयर बजार ३०÷४० प्रतिशत घट्दा पनि म्युचल फण्डमा १२ देखि १५ प्रतिशत मात्र घटेको छ । यसलाई जोगाउन सक्नु पनि राम्रो पक्ष हो ।
भिडियाेः
FACEBOOK COMMENTS