पोखरा कार्तिक २९, अनलाइन मार्फत लाखाैं रुपैया ठगी गरेकाे अभियाेगमा एक युवकलाई प्रहरीले काठमाण्डाैंमा पक्राउ गरेकाे छ । रुकुमकाे रन्मामैमकोट गा.पा. ३ घर भइ हाल काठमाण्डाैंकाे नेपालटार बस्ने २३ वर्षीय विकाश गुरुङ विभिन्न व्यक्तिलाई ठगेकाे १९ लाख ६० हजार नगद रुपैयाँसहित पक्राउ परेका हुन् ।
ह्वाट्स एप प्रयाेगकर्ताहरुकाे मोबाईलमा सम्पर्क गरी विभिन्न व्यक्तिहरुलई चिठ्ठा परेको छ र विदेशबाट सामान तथा पार्सल आएको छ भनि ती युवकले करवापतकाे रकम बैंककाे खातामा जम्मा गर्न लगाउँदै आएका थिए ।
सामान लिन र चिठ्ठामा दावी भुक्तानी लिन कर तिर्नु पर्ने झुट्टा बहाना बनाई कर बापतको रकम विभिन्न व्यक्तिको बैंक खातामा जम्मा गर्न लगाई ठगि गर्ने व्यक्तिलाई गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाण्डाैंबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउसाे पक्राउ गरेकाे हाे । उनलाई काठमाण्डौ गैरीधाराबाट ठगि गरेको रकम सहित पक्राउ गरी थप अनुसन्धानका लागि महानगरी प्रहरी परिसर पठाइएको प्रहरीले जनाएकाे छ ।
FACEBOOK COMMENTS