काठमाडौं । यस वर्षको नाडा अटो शो २०२४ मा ट्राइम्फ मोटरसाइकलले १५० भन्दा बढी संख्यामा मोटरसाइकल बुकिङ गरेको जनाएको छ ।
नेपालमा ट्राइम्फ मोटरसाइकलको आयात हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लिले गरिरहेको छ । अटो शो मा ट्राइम्फका नयाँ स्क्रेम्बलर ४०० एक्स र स्पीड ४०० सार्वजनिक गरिएको छ ।
गोल्छा ग्रुपका डाइरेक्टर, अभिमन्यु गोल्छाले आफ्नो उत्साह व्यक्त गर्दै भने, “यस उपलब्धीले हामीलाई निकै गर्वित बनाएको छ । नाडा अटो शोमा पाएको अतुलनीय प्रतिक्रिया र १५० युनिट बुकिङ पुग्नुले मोटरसाइकल उत्साहीहरूको ट्राइम्फ ब्रान्ड प्रतिको विश्वासलाई झल्काएको छ । यो सफलताले हामीलाई हाम्रा ग्राहकहरूलाई झनै असाधारण उत्पादन र सेवाहरू प्रदान गर्न उत्प्रेरित गरेको छ ।”
ट्राइम्फको मोटरसाइकलको आक्रमक बुकिङले बाइकिङ समुदायको ध्यान खिच्न सफल भएको छ । नेपालमा उत्कृष्ट मोटरसाइकल उपलब्ध गराउन तथा आफ्ना ग्राहकहरुका लागि असाधारण सवारी अनुभव प्रदान गर्न कम्पनी समर्पित रहेको छ ।
FACEBOOK COMMENTS