काठमाडौं । इटालीको प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ । कम्पनीले विभिन्न मोडेलका मोटरसाइकलहरू सार्वजनिक गर्दै नेपालमा आफ्नो उपस्थिति विस्तार गरेको हो ।
सार्वजनिक गरिएका मोडेलअनुसार मूल्य फरक९फरक तोकिएको छ । टी ५०२ एक्स को मूल्य १३ लाख ४९ हजार रुपैयाँ रहेको छ भने एफ ३५२ र टी ३५२ एक्स को मूल्य ९ लाख ९६ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ। त्यसैगरी टी १००२ भीएक्स को मूल्य ४४ लाख ९९ हजार ९०० रुपैयाँ र सी २५२ भी को मूल्य ९ लाख ६९ हजार ९०० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।
ब्रान्डले काठमाडौंको नक्सालमा नयाँ बिक्री कक्ष सञ्चालनमा ल्याएको छ, जहाँ ग्राहकहरूले प्रिमियम मोटरसाइकलको प्रत्यक्ष अनुभव लिन सक्नेछन् । साथै, तिनकुनेमा सेवा केन्द्र सञ्चालनमा रहेको छ भने निकट भविष्यमा उत्तरढोकामा थप सेवा केन्द्र विस्तार गर्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ ।
आकर्षक बनावट, शक्तिशाली इन्जिन र रेसिङ परम्पराका लागि परिचित मोर्बिडेलीले नेपाली बजारमा उच्चस्तरीय सवारी अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।

करिब पाँच दशक लामो अनुभव बोकेको वैद्य अर्गनाइजेशनले नेपालमा अटोमोबाइल क्षेत्रमा विश्वासिलो पहिचान बनाउँदै आएको छ । यसअघि उक्त समूहले प्रिमियम विद्युतीय स्कुटर ब्रान्ड एथर लाई नेपालमा भित्र्याएर उल्लेखनीय सफलता हासिल गरिसकेको छ।

FACEBOOK COMMENTS