काठमाडौँ । नुवाकोट- १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम तिमिल्सिना विजयी भएका छन् । तिमिल्सिनाले २२ हजार ६०१ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनले नेपाली काँग्रेसका नेता डा. प्रकाश शरण महतलाई पराजित गरेका छन् । महतले १८ हजार ५९७ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपाका हितबहादुर तामाङले १३ हजार ३७७ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा एमालेका बद्रि मैनालीले ८ हजार ९३२ मत प्राप्त गरेका छन् ।
योसँगै नुवाकोटका दुवै क्षेत्रमा रास्वपाले जितेको छ । नुवाकोट-२ मा रास्वपाका अच्युतम लामिछाने यसअघि नै विजयी भएका थिए ।
FACEBOOK COMMENTS