काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा बीमा पोलिसी सरेन्डर गर्नेको संख्या २० प्रतिशतले घटेको देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो ।
प्राधिकरणका अनुसार जेठ महिनामा हाल सञ्चालनमा रहेका १५ बीमा कम्पनीका ९ हजार ७३३ बीमालेख सरेन्डर भएका छन् । यस अवधिमा बीमितहरुले एक अर्ब ३ करोड ८९ लाख ३८ हजार रुपैयाँ बराबरको पोलिसी त्यागेका हुन् ।
गत बैशाख महिनाको तुलनामा जेठमा बीमालेख सरेन्डर गर्ने बीमितको संख्या २० दशमलव ६१ प्रतिशतले घटेको हो । जबकी गत बैशाख महिनामा १० हजार ७९७ बीमितहरुले एक अर्ब ३० करोड ८६ लाख ७० हजारका बीमा पोलिसी सरेन्डर गरेका थिए ।
यो अवधिमा सबैभन्दा बढी बीमा पोलिसी सरेन्डर गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेका छन् । प्राधिरकणका अनुसार जेठमा नेपाल लाइफका २ हजार ८५८ बीमितले ४३ करोड ३९ लाख रुपैयाँको पोलिसी त्याग गरेका हुन् ।
त्यस्तै, जेठमा राष्ट्रिय बीमा संस्थानको १२ करोड ४६ लाख ३९ हजार रुपैयाँ बराबरको १ हजार ७११ बीमा पोलिसी सरेन्डर भएको छ । त्यसैगरी यसै अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको १० करोड २८ लाख एक हजार रुपैयाँ बराबरको ८५१ बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्याङकमा उल्लेख छ ।
यस्तै, सोही अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको १३ करोड ८८ लाख ३ हजार रुपैयाँको एक हजार ७२२ वटा, मेट लाइफको ५ करोड ४९ लाख ४५ हजार रुपैयाँ बराबरको ५४९ वटा र एशियन लाइफको ३ करोड ४९ लाख ४० हजार रुपैयाँको ५०३ वटा बीमा पोलिसी सरेन्डर भएको हो ।
त्यसैगरी, बीमितहरुले आईएमई लाइफबाट एक करोड ४ लाख एक हजार रुपैयाँ बराबरको १५३ वटा सन नेपाल लाइफ इन्स्योरेन्सबाट ३९ लाख ३३ हजार रुपैयाँ बराबरको ३४ वटा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ९१ लाख ९२ हजार रुपैयाँ बराबरको १७५ वटा, सिटिजन लाइफको एक करोड ३५ लाख १७ हजार रुपैयाँ बराबरको २०७ वटा पोलिसी सरेन्डर बीमा पोलिसी सरेन्डर भएको तथ्याङकमा उल्लेख छ ।
प्राधिकरणको तथ्याङक अनुसार बीमितहरुले प्रभु लाइफ इन्स्योरेन्सबाट ७६ लाख १८ हजार रुपैयाँ बराबरको ६० वटा, महालक्ष्मी लाइफको ४९ लाख ६७ हजार रुपैयाँ बराबरको ५८ वटा, सूर्यज्योति लाइफको ६ करोड ५० लाख रुपैयाँ बराबरको ५४५ वटा र सानिमा रिलायन्सको एक करोड ३३ लाख ४३ हजार रुपैयाँ बराबरको १३२ वटा र हिमालयन लाइफको २ करोड ९ लाख १४ हजार रुपैयाँ बराबरको १७५ पोलिसी सरेन्डर भएको तथ्याङकमा उल्लेख छ ।
FACEBOOK COMMENTS