काठमाडौं । बीमा प्राधिकरणका अनुसार बीमाको पोलिसी सरेण्डर (समर्पण) गर्नेको संख्या कात्तिक महिनामा ६ हजार ७४६ पुगेको छ ।
कात्तिकमा मात्रै ११ करोड ९७ लाख ४६ हजार रुपैयाँको पोलिसी सरेण्डर भएको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याकमा उल्लेख छ ।
कात्तिक महिनाको संख्याको आधारमा पहिलो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यसका बीमित २ हजार १ सय ३९ वटा बीमा लेख मार्फेत २८ करोड ८४ लाख ५ हजार रुपैयाँको रुपैयाँको पोलीसी सरेण्डर गरेका छन् । भने दोस्रोमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यसका बीमितले १ हजार ५३८ वटा बीमालेख मार्फेत ११ करोड ६५ लाख ५९ हजार रुपैयाँको बीमालेख सरेण्डर गरेका छन् ।
रकमका आधारमा पहिलो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनका बीमितले ९८७ वटा बीमालेख बापत ३९ करोड ९ लाख ५८ हजार रुपैयाँको पोलिसी सरेण्डर गरेका छन् । नेशनल लाइफका बीमितले ६६२ वटा बीमालेख बापत ७ करोड २५ लाख ७० हजार रुपैयाँको पोलीसी सरेण्डर गरेका छन् । राष्ट्रिय बीमा संस्थानका बीमितले ३०६ वटा बीमालेख बापत ३ करोड ९३ लाख ३० हजार रुपैयाँको पोलीसी सरेण्डर गरेका छन् । मेट लाइफका बीमितले ३१३ वटा बीमालेख बापत २ करोड ८४ लाख ५८ हजार रुपैयाँको पोलीसी सरेण्डर गरेका छन् ।
सूर्या लाइफका बीमितले १४५ वटा बीमालेख बापत १२ करोड २७ लाख ११ हजार रुपैयाँको पोलीसी सरेण्डर गरेका छन् । गुराँस लाइफका बीमितले १९५ बीमालेख बापत १ करोड ९० लाख रुपैयाँको पोलिसी सरेण्डर गरेका छन् ।
प्राइम लाइफ इन्स्योरेन्सका बीमितले २१ वटा बीमालेख बापत १४ लाख २२ हजार, रुपैयाँको पोलीसी सरेण्डर गरेका छन् । आइएमई लाइफका बीमितले ६७ वटा बीमालेख बापत ४२ लाख ८३ हजार रुपैयाँको पोलीसी सरेण्डर गरेका छन् ।
यूनियन लाइफका बीमितिले १७ वटा बीमालेख बापत ४६ लाख ३१ हजार रुपैयाँको पोलीसी सरेण्डर गरेका छन् । ज्योति लाइफका बीमितले ४२ वटा बीमालेख बापत ५३ लाख ९० हजार रुपैयाँको पोलीसी सरेण्डर गरेका छन् ।
सन नेपालका बीमितले २५ वटा बीमालेख बापत ५३ २५ लाख ८८ हजार, रिलायन्स लाइफका बीमितले ६१ वटा बीमालेख बापत ४० लाख ४८ हजार पोलिसी सरेण्डर गरेका छन् । रिलायबल नेपाल लाइफका बीमितले ८३ वटा बीमालेख बापत ३९ लाख ११ हजार,रुपैयाँको पोलीसी सरेण्डर गरेका छन् ।
सिटजन लाइफका बीमितले ५७ वटा बीमालेख बापत ४७ लाख ६५ हजार, रुपैयाँको पोलीसी सरेण्डर गरेका छन् । सानिमा लाइफका बीमितले २६ वटा बीमालेख बापत २८ लाख ६७ हजार रुपैयाँको पोलीसी सरेण्डर गरेका छन् ।
प्रभु लाइफका बीमितले ३२ वटा बीमालेख बापत ५६ लाख ८७ हजार रुपैयाँ रुपैयाँको पोलीसी सरेण्डर गरेका छन् र महालक्ष्मी लाइफका बीमितले ३० वटा बीमालेख बापत २२ लाख ६० हजार रुपैयाँको पोलिसी सरेण्डर गरेका छन् ।
FACEBOOK COMMENTS