काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाको बारेमा सरकारले सदनमा जानकारी गराउनुपर्ने माग भएको छ । राष्ट्रिय सभा सदस्य तथा पूर्वपरराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले राष्ट्रपतिको उपचारमा लागेको खर्चको बारेमा जानकारी गराउन माग गरेकी हुन ।
राष्ट्रिय सभाको शून्य समयमा बोल्दै उनले कुन–कुन रोग लागेको हो र उक्त रोग नेपालमा उपचार हुने वा नहुने त्यो जानकारी गराउन माग गरेकी हुन् ।
उनले भनिन्, ‘हाम्रो देशको राष्ट्रपतिज्यू करिब १० दिनदेखि भारतमा उपचार गरिराख्नुभएको छ । बिरामी हुनुहुन्छ भन्ने हामीले सुनेका छौँ । तर सरकारबाट यसको आधिकारिकता के भएको हो उहाँलाई ? नेपालमा त्यसको उपचार हुन्थ्यो कि हुन्नथ्यो ? ’
वीर अस्पतालमा भिभिआइपीको उपचारका लागि राखिएको कक्षमा धुलो लागे पनि उनले जानकारी गराइन । उनले भनिन, ‘हाम्रा भिभिआइपीहरू धेरैजसो बाहिरै गएर उपचार गराइरहनु भएको छ । कुन–कुन रोगको नेपालमा उपचार हुँदैन? र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्छ । यसमा ध्यानाकर्षण गराएँ ।’
FACEBOOK COMMENTS