काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई पत्नी शोक परेको छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य, सम्पर्क समन्वय कमिटीका ईन्चार्ज लालबाबु पण्डितको पत्नी बिमला महत पण्डितको गए राती निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
बिमला पण्डित सम्पर्क समन्वय कमिटीको सल्लाहकार थिइन् । पण्डित परिवार स्रोतका अनुसार आज मध्यान्न २ बजे अन्तिम संकारका लागि पशुपति आर्यघाट लैजाने तयारी भएको छ ।
FACEBOOK COMMENTS