काठमाडौँ । इजरायल र हमासबीच युद्धविरामको सम्झौतापछि बन्धक रिहा हुने भएका छन् ।
हमासको बन्धकमा रहेकाको सूची सार्बजनिक भएको छ । जसमा अहिले हमाससँग २० बन्धक जीवित भएको बताइएको छ र उनीहरुको सूची सार्बजनिक भएको छ ।
त्यस्तै नेपालका विपिन जोशी र इजरायलका सैनिक तामिर निमरोदीको अवस्था अज्ञात रहेको छ । त्यस्तै हमासले बन्धक बनाएका अन्य २६ जनाको मृत्यु भएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार मंगलबारसम्म हमासले बन्धक बनाएका सबै जना रिहा हुने बताएका छन् ।
FACEBOOK COMMENTS