काठमाडौं । इजरायली सेनाले विपिन जोशीको शव आफुहरुले बुझेको पुष्टि गरेको छ ।
इजरायली सेनाले डिएनए परिक्षणपछि विपिन जोशीको शव हमासबाट बुझेको पुष्टि गरेको हो ।
यस विषयमा सेनाले परिवारलाई जानकारी गराएको समेत उल्लेख गरेको छ । साथै विपिनसहित अर्का बन्धक गाय इलुजको शव पनि प्राप्त गरेको पुष्टि भएको छ ।
विपिनलाई २३ वर्षको उमेरमा हमासले किबुट्ज अलुमिमको आश्रयस्थलबाट अपहरण गरेको थियो ।
युद्धको पहिलो महिनामा नै उनको हत्या गरिएको आकलन इजरायली सेनाले गरेको छ ।
इजरायलको राष्ट्रिय फोरेन्सिक मेडिसिन केन्द्रले मृत्युको परिस्थितिको जाँच पूरा गरेपछि अन्तिम निष्कर्ष निकालिने जनाएको छ ।
FACEBOOK COMMENTS