काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी एकताबारे भइरहेको चर्चाका बारेमा स्पष्ट गर्दै आफ्नो पाँचबुँदे धारणा सार्वजनिक गरेका छन् ।
विप्लवले केही समयदेखि समाजवादी मोर्चा र अन्य सहमत पार्टीहरूबीचको एकताबारे अनेक प्रचार भएको उल्लेख गर्दै आफ्नो पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।
एकीकरणबारे विप्लवको पाँचबुँदे धारणा–
१– कम्युनिष्टहरूबीचको एकता झनै बढेको छ ।
२– एकता सङ्गगनलाई एक बनाउनेसँग मात्र सम्बन्धित छैन, यसका विचार, सिद्धान्त, लक्ष्य, आर्थिक दृष्टिकोण, जीवनव्यवहार, संस्कृतिसहितको एकरूप बुझाइसँग सम्बन्धित छ । यी विषयमा नेतृत्व तहमा पहिलेदेखि गम्भीर छलफल चलेका छन् तर टुङ्गो लागिसकेको छैन ।

३– यदि कुनै पार्टीहरूबीच एकता हुन्छ भने सकारात्मक रूपले लिनुपर्छ ।

४– कम्तीमा कम्युनिष्टहरूबीच विगतमा जस्तो शत्रुतापूर्ण सोच नबनाई प्रधान अन्तरविरोध हल गर्न, देशमा नेपाली विशेषताको समाजवाद (अग्राधिकारसहितको सङ्घीयता) स्थापना गर्न संयुक्त मोर्चा र सहकार्यको नीतिमा काम गर्नुपर्छ ।

५– देशको स्वाधीनता गम्भीर सङ्कटमा परेको स्थितिमा सबै देशभक्त, समाजवादी, कम्युनिष्ट शक्तिहरूबीच मोर्चा निर्माणमा अग्रसर हुनुपर्दछ ।

FACEBOOK COMMENTS