विराटनगर । विराटनगरमा आजदेखि अनिश्चितकाका लागि निषेधाज्ञा जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले शनिबार बिहानदेखि अनिश्चितकालका लागि निशेधाज्ञा जारी गरेको हो ।
प्रदेश नामकरणको विरोधमा पहिचानवादीले गरेको आन्दोलन कम नभएपछि त्यसलाई न्यून गराउन जिल्ला प्रशासन कार्यालयले विराटनगर निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पताल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म जारी गरिएको छ ।
FACEBOOK COMMENTS