काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई १३५ रनको रक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा विराटनगरले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमान्डुले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाएर १३४ रनमा समेटिएको हो ।
काठमाण्डुका लागि मोहम्मद आदिल आलमले सर्वाधिक ४८ रन बनाए ।
उनले २५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अविजित रहे । वेन चाल्र्सवर्थले ३२, रिकार्डो वेस्कोन्सेलोसले ३, प्रतिक श्रेष्ठले २, गेर्हार्ड इरासमुसले १०, सन्तोष यादवले २६ रन बनाएर आउट भए ।
जोन सिम्पसन ७ रनमा अविजित रहे । बलिङमा विराटनगरका मार्चेन्ट डि लिङगेले २, शुभम रञ्जाने, सूर्य तामाङ र कप्तान सन्दीप लामिछानेले एकएक विकेट लिए ।

FACEBOOK COMMENTS