कामठाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सले लगातार तेस्रो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको हो ।
विराटनगरले दिएको १३६ रनको लक्ष्य पछाएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाउदै १२६ रन बनाएको थियो । जनकपुरका लागि जान निकोल लोफ्टीले सर्बाधिक ४१ रन बनाए भने लाहिरु मिलान्ताले २३ रन बनाएका थिए । त्यस्तैविराटनगरका बलर सन्दीप लामिछानेले ४ विकेट लिए भने सुर्य तामाङले २ विकेट लिएका थिए ।
यस अघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रन बनाएको थियो ।
विराटनगरका लागि ओपनरद्वाय लोकेश बम २६ बलमा २८ रन बनाएर आउट भए भने जर्ज मुन्से १० रन बनाएर आउट भए । यस्तै मार्टिन गप्टिल १५ बलमा १३ रन बनाएर आउट भए । यस्तै विराटनगरका लागि वसिर अहमद ३५ बलमा ३६ रन, शुमम रन्जानेले २९ बलमा ३७ रन बनाए । त्यस्तै जनकपुरका लागि रुपेश सिंह र संगित कुरेले २–२ विकेट लिए भने आदित्य मेहताले एक विकेट लिए ।
यो जितपछि विराटनगरको ३ खेलमा तिनै खेल जितेर ६ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै डिफेन्डिङ च्याम्पियन्स जनकपुर बोल्टसले लगातार दोस्रो हार बेहोरेको छ ।




FACEBOOK COMMENTS