वीरगञ्ज । बाढी नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले ४१ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । बुधबार बसेको नगर कार्यपालिकाको बैठकले भेडाहा खोला नियन्त्रणका लागि लाग्ने लागत अनुमान गरेको छ ।
बैठकले सामुदायिक सिकाइ केन्द्रका परिचालकहरुको पारिश्रमिक १५ हजारमध्ये ७ हजार महानगरले उपलब्ध गराउने, वीरगञ्ज घण्टाघर स्थित सिटी शौचालय ठेक्का लगाउने, मेयर कप २०७७ समितिका पदाधिकारीहरुको पारिश्रमिक दिने, वडा नं १९ र २१ मा वर्थिङ सेन्टर सञ्चालन गर्ने लगायत निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिएका छन् ।
भेडाहा खोला नियन्त्रणका लागि राष्ट्रिय योजना आयोगले समपुरक अनुदान स्वरुप २५ करोड रुपैयाँ दिएको छ । वीरगञ्ज–२७, २८, २९, ३० र ३१ मा पर्ने भेडाहा खोलामा आउने बाढीले वर्षेनी जमिन कटान गर्ने गरेको छ ।
FACEBOOK COMMENTS