वीरगन्ज । जिल्ला अदालत पर्साले वीरगन्जका मेयर राजेशमान सिंहलाइ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
जिल्ला अदालत पर्साले ४ लाख १५ हजार धरौटीमा छाडन आदेश हो ।
जिल्ला अदालतका स्रेस्तेदार प्रभाकर मल्लिकले मेयर सिंहलाइ ४ लाख १५ हजार धरौटी माग गरिएको बताए ।
उनका अनुसार लिखत सम्बन्धी कसुरमा ४ लाख र झुटा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा १५ हजार धरौटी माग आदेश गरिएको छ ।
मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मेयर सिंहलाइ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

लिखत सम्बन्धी कसुर गरेको आरोपमा जिल्ला अदालत पर्साले गएको १२ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएपछि त्यसको भोलीपल्ट मेयर सिंह अदालतमा पुगेका थिए ।

तर अदालतमा हाजिर नभइ फरार भएपछि प्रहरीको विशेष टोलीले आज उनलाइ जिल्लाको ठोरीबाट पक्राउ गरेको थियो ।