काठमाडौं । विर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमाएमएडब्लु वृिद्धले आगामी शनिबारदेखि चार दिनलामो टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्ने भएको छ ।
यस कार्यक्रमा आगन्तुकहरूले दिपाल, नामी, सेरेस र अवतार ब्रान्डकाअत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको अनुभवगर्न पाउनेछन्। यी ब्रान्डहरू हाल नेपालमा सबै भन्दा लोकप्रिय र प्रविधिमैत्री इभि ब्रान्डहरूका रूपमा स्थापित भइरहेका छन् ।
कार्यक्रमले आगन्तुक हरूलाई नवीनतम प्रविधि, डिजाइन र नवप्रवर्तन अनुभवगर्न पाउनेछन् । साथै, रोबोटहरूसँग अन्तक्र्रिया गर्नेअवसर पनि रहनेछ, जसले कार्यक्रममा रमाइलो र भविष्यको अनुभूतिदिलाउनेछ ।
यस कार्यक्रममाहालै सम्पन्न नाडा अटो शोमा धेरै चर्चित भएकादिपालएस०५ र नामीभिगो जस्ता मोडेलहरूको पनि टेस्ट ड्राइभ गर्न सकिनेछ । स्लिम डिजाइन, आधुनिकफिचरहरू र दिगो गतिशीलताको संयोजनका साथयी सवारी साधनहरूले नेपालीग्राहकबीच छोटो समयमा नै उच्चलोकप्रियताकमाएका छन्।
यी गाडीहरूले उत्कृष्ट रेंज, प्रविधि र ड्राइभिङ अनुभवप्रदान गर्छन्। कार्यक्रमको अवसरमा एमएडब्लु वृिद्धले विशेष प्रमोशनल अफरहरू पनिउपलब्ध गराउनेछ, जसमा पुराना गाडी साट्न चाहने ग्राहकका लागि आकर्षक एक्सचेञ्ज बोनस,विशेषनगद छुट, प्रत्येक खरिदमा नि:शुल्क एसेसरी र टेस्ट ड्राइभ गर्ने आगन्तुकका लागि उपहार रहेका छन् ।

यदि तपाईं इलेक्ट्रिक सवारी साधनमा रूपान्तरण गर्न सोच्दै हुनुहुन्छ यातायात अनुभव गर्न चाहनुहुन्छ भने, बिर्तामोडस्थित नयाँदिपाल र नामीसोरुममाहुने एक्सचेञ्ज तथा टेस्ट ड्राइभ क्याम्पतपाईंका लागिउपयुक्तअवसर हुनेछ ।


FACEBOOK COMMENTS