काठमाडौं । विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन ९ गते बुक क्लोज गर्दैछ । आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् भने सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले यो पटक लगानीकर्तालाई १४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न फागुन २८ गते साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर क्लब, सन्धार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
FACEBOOK COMMENTS