काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडका कार्यकारी प्रमुख विशालदीप अधिकारीलाई सीईओ मन्थ्ली, यूकेद्वारा प्रदान गरिएको ‘ग्लोबल एक्सिलेन्स अवार्ड्स’ मा ‘मोस्ट पायनियरिङ रिइन्स्यारेन्स ब्रोकिङ सीईओ, २०२४ (नेपाल)’ को उपाधि प्राप्त भएको छ । यो सम्मान नेपालको बीमा र पुनर्बीमा क्षेत्रमा उनको नेतृत्व र योगदानलाई मूल्यांकन गर्दै प्रदान गरिएको हो ।
‘ग्लोबल सीईओ एक्सिलेन्स अवार्ड्स’ ले ती दूरदर्शी अग्रणीहरूलाई सम्मान गरेको छ, जसले आफ्ना संस्थाहरूमा मात्र होइन, उद्योग र समुदायमा पनि नयाँ मापदण्डहरू स्थापना गरेका छन् । अधिकारीले फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सको नेतृत्व गर्दै स्थानीय बीमा कम्पनीका कर्मचारीहरूलाई तालिम प्रदान गर्ने कार्यक्रम र बीमा तथा पुनर्बीमा उद्योगमा नवीनतम प्रवृत्तिहरूको जानकारी दिन न्यूजलेटर प्रकाशनजस्ता विभिन्न पहलहरू अघि सारेका छन् । यसका साथै अधिकारीले विभिन्न कलेजका विद्यार्थीहरूलाई बीमा तथा पुनर्बीमासम्बन्धी ज्ञान प्रदान गरेका छन्, जसले बीमा र पुनर्बीमा सिद्धान्तहरूको समझ विस्तार गर्न मद्दत पुर्याएको छ ।
अधिकारीका यी विभिन्न प्रयासहरूले बीमा उद्योगको दक्षता विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ । सीईओ मन्थ्ली, एआई ग्लोबल मिडिया, यूके अन्तर्गतको प्रतिष्ठित प्रकाशन हो, जसले विश्वभरका उद्योगहरूमा नेतृत्वदायी व्यक्तित्वहरूको उत्कृष्टता पहिचान र सम्मान गर्छ । साथै मूल्यवान व्यावसायिक जानकारी र दृष्टिकोणहरू पनि उपलब्ध गराउँछ ।
फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड २०२२ मा पब्लिक लिमिटेडका रूपमा स्थापित भई नेपालमा पुनर्बीमा दलालीसम्बन्धी सेवा तथा आवश्यक प्ररामर्श प्रदान गर्न नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र लिई कार्य प्रारम्भ गरी नेपालमै पहिलो र एकमात्र आईएसओ ९००१:२०१५ सर्टिफाइड पुनर्बीमा दलाल कम्पनी बन्न सफल भएको छ । यसका साथै कम्पनीले ‘चौथो इमर्जिङ एसिया इन्स्योरेन्स, २०२३’ मा ‘ब्रोकर अफ द इयर, २०२३ (नेपाल)’ को उपाधि हासिल गरेको थियो ।
फेडेरल रिइन्स्योरेन्स ब्रोकर लिमिटेड नेपालमा पुनर्बीमा क्षेत्रको अग्रणी कम्पनीको रूपमा स्थापित हुँदै उद्योगको व्यावसायिक विकास र नवाचारलाई निरन्तर प्रोत्साहन गर्दै आएको छ।
FACEBOOK COMMENTS