काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिप्रति निकै कडा आपत्ति जनाएका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा बादलले गरेको सम्बोधनलाई लिएर पौडेलले आपत्ति जनाएका हुन् ।
प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा. रामबहादुर थापाले ब्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन्’ उनले फेसबुकमा लेखेका छन् ‘यस सम्बन्धमा भोली आयोजना गरिएको नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु ।’