काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट भोलि प्रस्तुत गर्ने भएका छन् ।
भोलि बिहीबार बस्ने संघीय संसद्को संयुक्त बैठकमा उनले दिउँसो ३ बजे आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको विहिबार अपराहन्न ३ बजे बस्ने संयुक्त बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट पेश गर्ने कार्यसूची रहेको छ ।
संसद सचिवालयले दुवै सदनका सांसदहरुलाई बैठक शुरु हुनु १५ मिनेटअघि उपस्थित हुन आग्रह गरेको छ ।
त्यसअघि बिहीबार अपराहन्न साढे १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको छ ।
FACEBOOK COMMENTS