काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् ।
नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषदको प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गरेका हुन् ।
अर्थमन्त्री पौडेलले भने, ‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ । नीतिहरू लगानीमैत्री छन् । लगानीका क्षेत्रहरू पहिचान राम्रो तयारी गरी अघि बढनुहोस् । सरकार सहयोग गर्न र सहजीकरण गर्न तयार छ ।’
प्रतिनिधिमण्डलमा सहभागीहरूले सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वधार, वातावरण, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका थिए । प्रतिनिधिमण्डलमा मलेसिया–नेपाल व्यापार परिषदका अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ की खान, गणेशकुमार वनगाह, एमके सङ्ग्राहलगायत सहभागी थिए ।
FACEBOOK COMMENTS