कैलाली । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देश, जनता, विकास र समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमाले सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आज धनगढीमा आयोजित ‘मिसन ग्रासरुट’ प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा उनले वर्तमान सत्ता गठबन्धनलाई एमालेले पाँच वर्षसम्म निरन्तरता दिन चाहेको बताए ।
उनले विचार, सङ्गठन सुदृढीकरण तथा विस्तारमा पार्टी पुनःगठन गर्ने उद्देश्यसहित ‘मिसन ग्रासरुट’ अभियान अघि बढाएको जानकारी दिए । तत्कालीन पाँचदलीय गठबन्धन सरकार गठन गर्न असफल भएपछि स्वभाविकरूपमा एमालेले पहलकदमी लिएर सत्ता समीकरण निर्माण गरी राष्ट्रिय राजनीतिमा निर्णायक योगदान गरेको उनले बताए ।
वर्तमान सत्ता गठबन्धनलाई एमालेले पाँच वर्षसम्म निरन्तरता दिन चाहेको उनले उल्लेख गरे । पार्टी चौतर्फी घेराबन्दीका बीच चुनौतीको सामना गर्दै अघि बढिरहेको पनि उनको भनाइ छ । उपप्रधानमन्त्री पौडेलले एमालेबाटै राष्ट्रपतिको उम्मेदवार अघि सारिने बताए ।
FACEBOOK COMMENTS