काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले ऋण दिँदैमा व्यवसायी सफल हुन नसक्ने बताएका छन् । अर्थ समितिको बैठकमा यस्तो बताए ।
उनले बैंकले ऋण दिँदैमा सबै ऋणी व्यापारि भएर ननिस्कने बताए । उनले व्यवसाय गर्न नजान्नेलाई ऋण दिँदा जनताको निक्षेप डुब्ने खतरा रहने बताए ।
‘देशको विकासलाई अघि बढाउने भनेको वित्तीय नीतिले नै हो । वित्तीय नीतिले लिड लियो भने मात्रै हामीले कदममा कदम मिलाउने हो । बैंकमा पर्याप्त तरलता रहे पनि व्यवसायी र किसानसँग पर्याप्त सीप क्षमता नभए त्यसको माग हुन सक्दैन । ऋण दिँदैमा व्यवसायी सफल भएर निस्किँदैन’ पौडेलले भने ।
उनले राज्यको नीति बैंकको पैसा लिएर जनताले लगानी गर्नसक्ने खालको हुनुपर्ने बताए ।
मौद्रिक नीतिले मात्र सबै कुरालाई समेट्न नसक्ने उनको भनाइ छ । उनले सरकारले वित्त नीतिमार्फत लगानीमैत्री कार्यक्रमहरु ल्याउनुपर्ने उल्लेख गरे । वित्तीय नीतिमार्फत लिने कार्यक्रमहरुले देशलाई समृद्धीतर्फ अघि बढाउन सक्ने उनको भनाइ छ ।
सरकारले वित्त नीतिमार्फत कार्यक्रमहरु ल्यायो भने ती कार्यक्रमलाई समर्थन गर्नेगरी मौद्रिक नीति आउछ । पहिला सरकार अग्रसर हुनुपर्छ ।’
FACEBOOK COMMENTS