काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय महत्वका सडक पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकता दिएको बताएका छन्।
बुधबार काठमाडौंको भृकुटिमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पो उद्घाटन गर्दै उनले गुणस्तरीय सडकका साथै सहरी पूर्वाधारमा सरकारले विशेष ध्यान दिएको बताए।अर्थमन्त्री पौडेलले धुलो र हिलो रहित सडकको परिकल्पनालाई व्यावहारिक रूपमा सार्थक तुल्याउन लागिपरेको धारणा राखे। सडक निर्माणको सिलसिलामा गुणस्तरमा पनि जोड दिइरहेको उनले बताए। अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको बजेटमा सडकको गुणस्तर सुनिश्चित गर्ने हिसाबले भू–बनोटको आवश्यकता अनुसार आरसिसि कस्ट्रक्सनमा ध्यान दिएको जिकिर गरे।
FACEBOOK COMMENTS