काठमाडाैँ। नेकपा एमालेलाई व्यापारी मिनवहादुर गुरुङले पार्टी कार्यालय बनाउन जग्गा दान दिएपछि सामाजिक सञ्जाल र सार्वजनिक स्थानमा आलोचना भइरहेको छ । पार्टीभित्रै पनि असन्तुष्ट रहेको जग्गा दान प्रकरणले सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जग्गा दान दिने भए, भूकम्प प्रभावितलाई हजार घर र बाढीले नबग्ने पुल बनाइदिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै उनले सरकारले बाढीले नबग्ने सय पुल, गाउँमा शैक्षिक संस्था र स्वास्थ्यचौकी बनाउन व्यवसायीसँग अपिल गर्न सक्ने उल्लेख गरेका हुन् । उनले भनेका छन्, ‘अझ ठुलो दान लिने दिने भए– देशलाई ऋणमुक्त बनाउन मुठ्ठी खोलेर साथ देऊ, यस्तो पनि त भन्न र गर्न मिल्छ।’
FACEBOOK COMMENTS