काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिरामी परेको भन्दै केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बजेका लागि बोलाइएको कार्यसम्पादन समिति बैठक अहिलेसम्म सुरु भएको छैन ।
शर्माले केन्द्रीय कार्यालय र कार्यवाहक सभापतिलाई बिरामी भएको जानकारी गराएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।
ती पदाधिकारीका अनुसार महामन्त्री गगन थापा पनि बैठक स्थलमा पुगेका छैनन् । महामन्त्रीद्वय थापा र शर्माले बुधबार मात्रै पुस २७ र २८ गते आह्वान भएको विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई आह्वान गरेका थिए ।
FACEBOOK COMMENTS