काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले केन्द्रीय बैंकका निर्णयहरू पूर्वानुमानयोग्य हुने बताएका छन् ।
आफूलाई बधाई तथा शुभकामना दिन आएको नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् ।
‘निजी क्षेत्र अर्थतन्त्रको सम्वाहक हो । अर्थतन्त्र चलायमान हुन स्थायित्व आवश्यक छ । निर्णयहरू पूर्वानूमानयोग्य हुनुपर्दछ,’ गभर्नर डा. पौडेलले भने, ‘बैंकिङ क्षेत्रमा आकस्मिक कुनै निर्णय गर्नुभन्दा सरोकारवालाहरूसँग बसेर छलफल गरेर अगाडि बढ्दा नै नीतिगत स्थायित्व कायम गर्न सकिन्छ भन्ने मेरो धारणा हो ।’
उनले नीतिगत स्थायित्व र सरोकारवालाहरूसँगको छलफलका आधारमा मौद्रिकलगायत केन्द्रीय बैंकका अन्य नीतिहरू तय गरिने विश्वाससमेत व्यक्त गर्दै राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने बताएका छन् ।
यो पनि पढ्नुहोस्–

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट, यस्तो भयो छलफल

नयाँ गभर्नरलाई चन्द्र ढकालको सुझाव– लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम ल्याउनुहोस्

FACEBOOK COMMENTS