काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सफारिस समितिको सदस्यबाट विश्व पौडेलले राजीनामा दिएका छन् ।
अर्थ मन्त्रालयका अनुसार पौडेलले आज समितिको सदस्यबाट राजिनामा दिएका हुन् । सरकारले लामो समयदेखि गभर्नर नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त गर्न सकेको छैन ।
अर्थमन्त्रीको संयोजकत्वमा गठित समितिको सदस्यबाट यसअघि राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराई राजिनामा दिएका थिए । उनको सट्टा निवर्तनमा गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको छ ।
अहिले गभर्नरमा पौडेलको नाम चर्चामा छ । त्यही भएर पनि उनले राजीनामा दिइको बताइएको छ । कांग्रेसको भागमा परेको गभर्नरमा यसअघि राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई बनाउने चर्चा निकै भयो ।
भट्टले गभर्नर बन्नको लागि भनेर दिएको राजीनामा कामू गभर्नर निलम ढुंगानाले स्वीकृत गरेकी छैनन् । भट्टको राजीनामा स्वीकृत नगरेपछि काँग्रेसले पौडेललाई गभर्नर बनाउने करिब पक्का पक्की भएको बताइन्छ ।
FACEBOOK COMMENTS