काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन् ।
बिहीवार नेपाल विद्यार्थी संघ झापा—काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा सांसद शर्माले रवि लामिछानेको ‘सांसदले विदेशीलाई सूचना बेच्छन्’ भनेर संसदमा बोलेको अभिव्यक्ति संसदके रेकर्डबाट हटाउन माग गरेका हुन् ।
प्रतिनिधि सभा सदस्य समेत रहेका महामन्त्री शर्माले गृहमन्त्रीले संसदमा गएर त्यस प्रकारको अभिव्यक्ति दिन नमिल्ने भन्दै सभामुख देवराज घिमिरे गृहमन्त्रीको उक्त अभिव्यक्तिप्रति सहमत हो ? भन्दै प्रश्न समेत गरेका छन् । सहमति नभए संसदको रेकर्डबाट गृहमन्त्रीको उक्त अभिव्यक्ति हटाउन आग्रह गर्दै गृहमन्त्रीसँग त्यसको सूचना छ भने पक्राउ गरी कारबाही गर्न उनले आग्रह गरे ।
FACEBOOK COMMENTS