काठमाडौं । घरायसी उपकरणमा अमेरिकाको नम्बर १ ब्रान्ड ब्ल्याक प्लस डिकरले आफ्नो ग्राहकहरुको लागि नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘न्यु जोए, न्यु सेलिब्रेसन’ नामक योजना ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले ब्ल्याक प्लस डिकरका सामान खरिद गर्दा हरेक हप्ता उपहार जित्न सक्ने कम्पनीले बताएको छ । कम्पनीले ब्ल्याक प्लस डिकरका उपकरण खरिद गर्दा हरेक हप्ता एकजना विजेतलाई फुड स्टिमर दिनेछ ।
उक्त योजनामा भाग लिन ग्राहकले विज्ञापनमा दिइउको क्यूआर कोर्ड स्क्यान गरि आएको फर्ममा आफ्नो विवरण र खरिद गरिएको उपकरणको वारेण्टी कार्ड नम्बर कम्पनीले जानकारी दिएको छ ।
साथै, ब्ल्याक प्लस डिकरका ३० हजार माथिको उपकारण खरिदमा शुन्य प्रतिशत ब्याजदरमा ईएमआई र ब्ल्याक प्लस डिकर लोयल्टी क्लब रिवार्ड उपलब्ध रहेको कम्पनीको भनाई छ ।
यो योजना चैत्र २७ गते देखि नेपाल अधिारज्यभरी सिमित अवधीको लागि लागू हुने कम्पनीले बताएको छ । नेपाल अधिराज्यभर ब्ल्याक प्लस डिकर ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।
FACEBOOK COMMENTS