काठमाडौँ । भारतको दिल्लीको लाल किल्ला मेट्रो स्टेशन नजिकै भएको कार बम विस्फोट घटनामा थप एक जना पक्राउ परेका छन् ।
दिल्लीको लाल किल्ला मेट्रो स्टेशन नजिकै भएको कार बम विस्फोटको सम्बन्धमा अर्को एक व्यक्तिलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गत नोभेम्बर १० मा भएको उक्त विस्फोटमा ११ जनाको मृत्यु भएको थियो भने धेरै जना घाइते भएका थिए ।
भारतीय नेशनल इन्भेस्टिगेसन एजेन्सीका अनुसार पक्राउ परेका व्यक्ति यासिर अहमद डार जम्मू कश्मीरको शोपियानका बासिन्दा हुन् । एजेन्सीले यासिरलाई दिल्लीबाट पक्राउ गरेको थियो ।
अनुसन्धान एजेन्सीका अनुसार यासिरले कार बम विस्फोटको षड्यन्त्रमा सक्रिय भूमिका खेलेको थियो । अनुसन्धानले यासिरको घटनामा उमर उन नबी र मुफ्ती इरफान लगायत अन्य अभियुक्तहरूसँग घनिष्ठ सम्पर्क थियो, जसले विस्फोट गराएका थिए ।

FACEBOOK COMMENTS