काठमाडौं । पहिलो नेत्रहीन (ब्लाइन्ड) महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा नेपालले भारत विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
पी सारा ओभल मैदान, कोलम्बोमा केही समय पछि सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्न लागेको छ। यसअघि समूहचरणमा नेपाल र भारत भिड्ना नेपाल पराजित भएको थियो ।
फाइनलमा बदला लिंदै नेपाल पहिलो पटक च्याम्पियन बन्ने दाउमा रहेको छ। यसअघि नेपालले शनिबार कोलम्बोको पी सारा ओभलमा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तालाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
पाकिस्तानले दिएको १ सय ७० रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो। नेपालले जारी प्रतियोगितामा समूह चरणमा श्रीलंकालाई ९ विकेटले हराएको थियो भने भारतसँग ८५ रनले पराजित भएको थियो ।
त्यस्तै, अस्ट्रेलियालाई १० विकेटले हराउँदा अमेरिकालाई ८ तथा पाकिस्तानलाई १० विकेटले नै हराएको थियो ।

FACEBOOK COMMENTS