काठमाडौं । लायन्स क्लव अफ अटो सोसियल फ्रेण्डस, महिला जागरण मञ्च र अटो नेपाल, पत्रिकाको संयुक्त आयोजनामा मैतीदेवी मन्दिरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा ३० जनाले रक्तदान गर्नुका साथैं सबैंको सहयोगले कार्यक्रम निकैं सफल भएको लायन्स क्लवकी अध्यक्ष क्रिष्टिना ताम्राकारले बताउनुभयो ।
विगत १७ वर्षदेखि सहयोगी महिला जागरण मञ्चले नियमित रुपमा ३–३ महिनामा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको र अहिले ठाउँको अभाव, सडक छेऊमा एकदम साँघुरिएको कार्यक्रम स्थलको कारण ३५ जना रक्तदाता संख्या अनुमानित गरी गरिएको उक्त कार्यक्रममा ७ जनाको स्वास्थ्य अवस्थाको कारणले रक्तदान गर्न नसकेको क्लवकी अध्यक्ष राधाकुमारी श्रेष्ठले बताउनुभयो ।
रक्तदान कार्यक्रममा आफ्नी आमाको जन्मदिनको अवसरमा ९९ पटक रक्तदान गर्नुहुँदै सुन्दरीजल निवासी लायन्स लिडर विष्णुबहादुर श्रेष्ठ तथा (एकै परिवारका ३ जना सदस्य) यस संस्थाका कोषाध्यक्ष लायन कृष्टिना ताम्राकार तथा उहाँको बहिनी एलिशा ताम्राकार, छोरी कृषा शाक्यले रक्तदान गर्नुभएको थियो । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५जे नेपाल अन्तर्गत रहेको उक्त क्लबले सिनियर लायन्स लिडर र अन्य लायन्स सदस्यहरुको उपस्थिती रहेको डिष्ट्रिक कर्पोरेट कम्युनिकेशन चिफ, लायन्स लिडर रोशनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अटो क्षेत्रमा समर्पित रोशनकुमार श्रेष्ठ सम्मानित
बिगत लामो समयदेखी निरन्तर अटो पत्रकारिता क्षेत्रमा समर्पित भएर देशभर सेवा दिदै आईरहेको अटो नेपाल, मासिक पत्रिकाको प्रकाशक रोशनकुमार श्रेष्ठ छैंठौ जिनियस म्युजिक अवार्डद्धारा सम्मानित भएका छन् । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँज्यूको आतिथ्यमा सम्पन्न भएको थियो ।
उहाँ अटो क्षेत्रमा मात्र नभएर अन्य समाजसेवा कार्यमा समेत निकैं सक्रिय रुपमा नैं निरन्तर लागिरहेका छन् भने लायन्स क्लव अफ अटो सोसियल फ्रेण्डसका संस्थापक अध्यक्ष, अटो नेपाल, पत्रिकाको प्रकाशक तथा लायन्स इन्टरनेशनल, डिष्ट्रिक जेका कर्पोरेट कम्युनिकेशन चिफ लगायतमा हुनुहुन्छ । मैले गरेको योगदान र आफ्नो पेशागत कार्यप्रति समर्पणको मूल्यांकन स्वरूप प्राप्त सम्मान पाउनु मेरो लागि ठूलो गर्व र प्रेरणाको क्षण बनेको लायन्स लिडर रोशनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।





FACEBOOK COMMENTS