काठमाडौँ । सिटीजन्स बैंकका कर्मचारी, कर्मचारीका पारिवारिक सदस्य तथा ग्राहकले थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेशनल क्लिनिकमा विशेष छुट पाउने भएका छन्।
दुई संस्थाबीच बिहीबार व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको हो।
सम्झौतामा ब्लुबर्ड क्लिनिकका तर्फबाट मेनेजर जितेन्द्र करणजितले र बैंकका तर्फबाट हेड ट्रान्ससेक्सन बैंकिङ सुरेशकुमार पौडेलले हस्ताक्षर गरेका छन।
योसँगै सिटिजन्स बैंकका कर्मचारी, कर्मचारीका पारिवारिक सदस्य र ग्राहकले क्लिनिकमा उपलब्ध सेवाहरुमा ‘एक्सक्लुसिभ डिस्काउन्ट’ पाउनेछन्।
क्लिनिकले विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।
FACEBOOK COMMENTS