काठमाडाैं । नेपालमा BMW गाडीको एकमात्र आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ BMW iX2 SAV (स्पोर्ट्स एक्टिभिटी भेइकल) भित्राएको छ। नयाँ BMW iX2 ले नेपालमा विद्युतीय सवारी र दिगो यात्राप्रति BMW को प्रतिबद्धता दर्शाउँछ । आकर्षक डिजाइन र स्मार्ट सिस्टमको संयोजन रहेको यस मोडलले नयाँ प्रविधि र दिगोपन रोज्ने ग्राहकहरुलाई उत्कृष्ट विकल्प प्रदान गर्दछ ।
BMW ले आफ्नो इलेक्ट्रिक लाइनअप विस्तार गर्दै BMW iX2 eDrive20 सार्वजनिक गरेको हो । यस गाडीले अधिकतम १५० kW / २०४ hp (अस्थायी बुस्टसहित) पावर उत्पादन गर्छ भने यसको रेन्ज ४३० देखि ४७५ किलोमिटरसम्म (WLTP प्रारम्भिक अनुमान अनुसार) रहेको छ । कम उर्जा खपत (प्रति १०० किमी १७.२ देखि १५.४ kWh) र शून्य उत्सर्जन भएको यो गाडीले प्रिमियम कम्प्याक्ट SAV सेग्मेन्टमा उत्कृष्ट रोजाई प्रदान गर्दछ ।
सन्तुलित पावर र शून्य उत्सर्जन
अन्य BMW इलेक्ट्रिक गाडीहरूजस्तै, नयाँ BMW iX2 मा पनि पाँचौ पुस्ताको BMW eDrive प्रविधि प्रयोग गरिएको छ । यसले २५० Nm टर्क उत्पादन गर्छ र ८.६ सेकेन्डमा ० देखि १०० किमी/घण्टाको गतिमा पुग्न सक्छ। यसको अधिकतम गति १७० किमी / घण्टा रहेको छ । ब्याट्रीको स्थान र तौल सन्तुलनलाई ध्यानमा राखी गाडीको फ्लोरमा राखिएको हाई भोल्टेज ब्याट्रीले ६६.५ kWh उर्जा प्रदान गर्दछ । यसमा रहेको आधुनिक मोटरले कम उर्जा खपत गरी अन्य गाडीहरूभन्दा धेरै दूरीसम्म चल्न सक्षम बनाउँछ।
BMW iX2 मा चार्जिङको लागि प्रशस्त विकल्पहरु रहेका छन् । यसमा रहेको Combined Charging Unit ले ११ kW सम्मको AC चार्जिङ सपोर्ट गर्दछ । छिटो चार्जिङको लागि १३० kW सम्मको DC चार्जिङ पनि उपलब्ध छ । स्मार्ट थर्मल प्रि- कन्डिसनिङ र एडभान्स्ड चार्जिङ सफ्टवेयरले चार्जिङ स्पिड र
ब्याट्रीको आयु दुवैलाई लामो समयसम्म कायम राख्छ ।
BMW iX2 मा लक्जरी इन्टेरियर फिचरहरू समावेश छन्, जस्तै मोका रङको Vernasca लेदर सिट, प्यानोरामिक ग्लास रूफ, २-जोन अटोमेटिक एसी, र १२ – स्पिकरको Harman Kardon साउन्ड सिस्टम | डाइनामिक ब्रेक कन्ट्रोल र अटो होल्ड सहित अत्याधुनिक सुरक्षा प्रणाली BMW iX2 को सुरक्षा र सहायक प्रणालीहरू पनि अत्याधुनिक छन् । सुरक्षित यात्राको लागि यसमा सवारी चालक र यात्रुका लागि एयरब्याग, डाइनामिक ब्रेक कन्ट्रोल (DBC), अटो होल्ड फड्सनसहितको इलेक्ट्रोमेकानिकल पार्किङ ब्रेक र इन्टेग्रेटेड ब्रेकिङ सिस्टम राखिएको छ । साथै ड्राइभ-अफ असिस्टेन्ट र अटेन्टिभनेस असिस्टेन्टले सहरको ट्राफिक र लामो यात्रा दुवैलाई सुरक्षित, सहज र तनाव रहित बनाउँछ ।
काठमाडौं, तीनकुनेमा रहेको आफ्नो अत्याधुनिक शो-रूमबाट लक्ष्मी प्रिमियम मोटर्सले हाल BMW X1, X2, X3, ×4, X7, iX1 ( ब्याट्री इलेक्ट्रिक ), iX3 (ब्याट्री इलेक्ट्रिक ), 5 Series (प्लग-इन हाइब्रिड), X5 (प्लग-इन हाइब्रिड ) र 7 Series जस्ता मोडलहरू उपलब्ध गराइरहेको छ । नयाँ BMW X2 को आगमनसँगै नेपालमा प्रिमियम इलेक्ट्रिक गाडीको क्षेत्रमा BMW ले आफ्नो उपस्थिति अझ बलियो बनाउनुको साथै डिजाइन, प्रविधि र वातावरणीय जिम्मेवारीको नयाँ उदाहरण गरेको छ ।
FACEBOOK COMMENTS