काठमाडाैं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) को सहजताको असर केन्द्रीय बैंकले लगातार तानिरहेको छ । चालु आर्थिक वर्षको पुस २१ गतेसम्म केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको माध्ययमबाट ३७ पटक गरेर १३ खर्ब ८३ अर्ब रुपियाँ तानिसकेको छ । तरपनि बजारमा लगानीको वातावरण नबन्दा बैंकहरुमा पैसा थुप्रिरहेको छ ।
यसै शिलशिलामा केन्द्रीय बैंकले आज फेरि निक्षेप संकलन उपकरणको माध्यमबाट १४ दिनका लागि ८० अर्ब रुपियाँ तरलता प्रशोचन गर्ने भएको छ ।
पुस २४ गते बुधबार दिउँसो २ बजे अनलाइन बोलकबोल हुने निक्षेप संकलन उपकरणको आजै निष्काशन हुने बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले २ बजेसम्म आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS