काठमाडौं । ‘हामीले चाहेको परिवर्तन हामीबाटै सम्भव छ’ भन्ने मूल नाराका साथ रत्न राज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हर्क बहादुर बोहराले स्वतन्त्र उम्मेदवारी दिने भएका छन्। उम्मेदवारी दर्ता गराउँदै उनले क्याम्पस, विद्यार्थी र शैक्षिक क्षेत्रको समुन्नत विकासका लागि आफ्नो एजेन्डा सार्वजनिक गरेका छन्।
आरआर क्याम्पसको स्ववियु निर्वाचनमा बोहराको स्वतन्त्र उम्मेदवारीले चुनावी माहोल तातेको छ। राजनीतिलाई शिक्षाबाट अलग राख्ने उनको प्रतिबद्धताले विद्यार्थीहरूबाट सकारात्मक समर्थन प्राप्त गरिरहेको छ, जसले परम्परागत संगठनहरू अनेरास्ववियु र नेविसंघलाई दबाबमा पारेको देखिन्छ। बोहराको लोकप्रियता बढ्दै जाँदा प्रतिस्पर्धा रोचक बनेको छ।
बोहराले आरआर क्याम्पसलाई देशकै नमुना सरकारी क्याम्पस बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले दलीयकरणको अन्त्य गरी योग्यतालाई पदाधिकारी नियुक्तिको आधार बनाउने, छात्रवृत्ति कार्यक्रमलाई प्रभावकारी बनाई विपन्न विद्यार्थी अक्षय कोष स्थापना गर्ने, मानसिक स्वास्थ्यका लागि परामर्श केन्द्र खोल्ने, डिजिटल पुस्तकालय र निःशुल्क वा सुलभ इन्टरनेट सेवा उपलब्ध गराउने जस्ता एजेन्डा अघि सारेका छन्।
सूचना प्रविधिको क्षेत्रमा विभिन्न आईटी कम्पनीहरूसँग सहकार्य गर्दै तालिम, कार्यशाला, नेटवर्क व्यवस्थापन र सुरक्षाका लागि आवश्यक पूर्वाधार विस्तार गर्ने उनको योजना छ। स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ। बोहराले पारदर्शी, अनुशासित र जिम्मेवार स्ववियुको आवश्यकता रहेको भन्दै सम्पूर्ण विद्यार्थीलाई आफ्नो उम्मेदवारीलाई समर्थन गर्न आग्रह गरेका छन्।
प्रमुख एजेन्डाहरु
१, दलीयकरण रोकी योग्यतालाई पदाधिकारी नियुक्तिको आधार बनाउने ।
२, आर आर क्याम्पसको मोबाइल एप्लिकेसन बनाउने ।
३, छात्रवृत्ति कार्यक्रमलाई थप प्रभावकारी बनाई विपन्न विद्यार्थी अक्षय कोष खडा गर्ने ।
४, विद्यार्थीहरूको मानसिक स्वास्थ्यका लागी स्वास्थ्य परामर्श केन्द्र स्थापना गरिनेछ ।
५, स्ववियु गुनासो पेटिकाको व्यवस्था गरिनेछ।
६, एक महिना एक अतिरिक्त रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम गर्ने ।
७, मौसम अनुसारको स्वच्छ खानेपानी, सफा र व्यवस्थित सौचालय बनाउने ।
८, डिजिटल पुस्तकालय तथा निःशुल्क वा सुलभ इन्टरनेट सेवाको व्यवस्था गर्ने ।
९,किनेस्थेटिक, भिजुअल र अडिटरी माध्यममा आधारित भएर शिक्षण गर्ने गराउने वातावरण तयार गर्ने ।
१० हरेक महिना डिस्कोर्स प्रोग्राम सञ्चालन गर्ने ।
११, बिना परिचयपत्र गैर विद्यार्थी क्याम्पस भित्र प्रवेश निशेध गरि शान्तिपूर्ण ढङ्गले पठनपाठनको वातावरण सिर्जना गरिनेछ ।
१२, क्याम्पसको नयाँ प्रस्तावित भवनको प्रक्रिया अघि बढाई डिजिटल बोर्ड र स्मार्ट कक्षाकोठाको विकास गरिनेछ ।
१३, पाठ्यक्रम अद्यावधिक, डिजिटल लर्निङ्ग, व्यवहारिक शिक्षा (इण्टर्नशिप, प्रोजेक्ट–आधारित लर्निङ्ग) को अवसर सिर्जना गरिनेछ ।
१४, वर्षमा विभिन्न विधाका एक सय जना कलाकार उत्पादन गर्ने वातावरण तयार गर्ने ।
१५, पूर्वाधार सम्पन्न खेलकुद मैदान तथा अपांग मैत्री भौतिक संरचनाको निर्माण गरिनेछ ।
१६, अनुसन्धानमुलक शोध कार्यको सहजीकरणका लागि धयचपकजयउ उचयखष्मभ गर्ने ।
स्नातक तहको लागि
१७, विद्यार्थीको नतिजामा सुधार ल्याउन स्नातक तहमा प्रि बोर्ड परीक्षाको व्यवस्था गरिनेछ ।
१८, आन्तरिक मूल्यांकनको नतिजा क्याम्पसमै सम्बन्धित विभागले सार्वजनिक गर्ने वातावरण तयार गरिनेछ ।
१९, कक्षाकोठामा अनुपस्थित विद्यार्थीको हकमा छुट्टै नियम बनाइ व्यवस्थित गर्ने ।
२०, आर.आर एफ.एम र स्ववियु साप्ताहिक पत्रिका पुनः सञ्चालनमा ल्याउने।
२१, म्युजिक कार्यक्रमलाई व्यवस्थित बनाउनुका साथै स्नातकोत्तर तहमा म्युजिक कार्यक्रम ल्याउन पहल गर्ने।
वि.सि. ए को लागि
२२, स्नातकोत्तर तहमा मास्टर अफ कम्प्युटर एप्लिकेशन (एमसिए) प्रोग्राम ल्याउन पहल गर्ने ।
२३, विभिन्न आईटी कम्पनीहरुसंग सहकार्य गर्दै आईटी रिलेटेड इभेन्ट्स, ट्रेनिङ, वर्कसप प्रोभाइड गर्ने ।
२४ नेटवर्क सेटअप, व्यवस्थापन, र सुरक्षाका लागि नेटवर्किङ रिलेटेड हार्डवेयर एसेसरीजÞको व्यवस्था गरिनेछ ।
२५ एओयु मार्फत बायोटेक, प्रविधि, र अनुसन्धान संस्थानहरूसँग सहकार्य गर्दै इन्टर्नशिप र रोजगारीका अवसरहरू सुनिश्चित गर्ने ।
FACEBOOK COMMENTS